बुटवल-चार तपाहा सिचाइ जल उपभोक्ता संस्थाको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुटवल १३ मैनागरमा यहि पौष १ गते सम्पन्न पाचौं अधिवेशनमा निर्वाचित समितिका पदाधीकारी एवम सदस्यलाई शुक्रबार एक कार्यक्रमका बिच पदस्थापन तथा सपथ कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनबाट अध्यक्षमा गणेश गाहा , वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद खनाल , उपाध्यक्षमा हरिराम प्रसाद अहिर (यादव) चयन भएका हुन् । त्यसैगरी सचिवमा केदार न्यौपाने ,कोषाध्यक्ष धन प्रसाद सापकोटा , सह सचिव केसव कुमार खड्का चयन भएका हुन् ।लेखा सयोजक नारायण सिहं राना लेखा सदस्य मुक्ति गैरे , लेखा सदस्य ओम प्रसाद भट्टराई चयन भएको निर्वाचन संयोजक बलराम न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष प्रमुख अतिथी दधिराम न्यौपानेले कार्यसमितीमा निर्बाचित सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा गर्नुपर्ने काममा आफुले साथ सहयोग रहने बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष सुद्धोधन गाउपालिका पूर्व अध्यक्ष किसुनचन्द थारुले बिगतका वर्षमा नेपाली काँग्रेस वडा नम्बर १३का सभापती पुरुषोत्तम बस्याल लगायतले बोलेका थिए । कार्यक्रम देवराज पौडेलको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : शुक्रबार, पुष १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्