भैरहवा,
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ छिपागढको आयोजना, रोहिणी गाउँपालिका र नेपाल सि।एल।सी। परियोजना लुम्बिनीको सह–आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल ९युसीएमएस० को प्राविधिक सहयोगमा शिविर भएको हो शिविरमा २५० जनाले उपचार सेवा लिनुभएको सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले जानकारी दिए ।
शविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले स्वास्थ्य शिविर महत्वपूर्ण कार्यक्रम भएको बताए । सञ्जय कुमार गुप्ताको अध्यक्षता तथा मीना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा युसीएमएसका प्रशासन संयोजक तेज कुमार के।सी।, दिलिपमणि त्रिपाठी, सतिश कुमार मिश्रा, इन्द्र कुमार यादव लगायतले बोलेका थिए ।
प्रकाशित मिति : आइतबार, पुष १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्