बुटवल । पश्चिमाञ्च टैकंर व्यवसायी संघले मदीरा सेवन गरि सवारी चलाएका १० जना चालकलाई कारवाही स्वरुप ३ महिने सवारी चलाउन प्रतिवन्द्ध लगाएकोे छ ।
दुर्घटना न्यूनिकरण गर्नका लागि संघले पहिलो पटक मदीरा सेवन गरि सवारी चलाएको पाईएमा ३ महिनासम्म टैकंर चलाउन नदिने, दोस्रो पटक भेटिएमा ६ महिना र तेस्रो पटक मदीरा सेवन गरि सवारी चलाएको पाईएमा सदाका लागि टैकंर चलाउन नपाउने व्यवस्था मिलाएको संघका अध्यक्ष राकेश कुमार कशौधनले मंगलवार पत्रकार सम्मेलनमा बताए ।
मापसे सेवन गरि सवारी चलाउन नपाउने नियम लागु भएपछि संघले १० जना चालकलाई ३ महिना सवारी चलाउनवाट रोक लगाएको छ ।
दूर्घटना नियन्त्रण र पेट्रोलियम पदार्थको जोखिम कम गर्न संघले ट्राफिक सचेतना, सवारी दूर्घटना तथा पेट्रालियम पदार्थवाट हुने जोखिम न्यूनिकरणका लागि चालक र सह चालकलाई बुधवारदेखि प्रशिक्षण संचालन गर्ने भएको छ ।
तिन दिन सम्म संचालन गरिने प्रशिक्षणमा ४ सय जनालाई सहभागिता गराईने कार्यक्रम संयोजक प्रेम गुरुङले बताउनु भयो । चालक र सह चालकलाई प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवल र नेपाल आयल निगम भलवाडीका प्रशिक्षकहरुले तालिम प्रदान गर्नु हुने संघका महा सचिव भुपराज अर्यालले बताए ।
त्यस्तै संघले पहिलोपटक आउदो चैत्र ३ गते रक्तदान कार्यक्रम पनि गर्ने जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्