वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा मिसिने

वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा मिसिने

वार्ता सहमति नजिक

काठमाडौं

एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ।

नेकपा एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरूबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको छ। अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको हो।

गौतमका अनुसार छलफल सहमतिनजिक पुगेको छ। आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए।

नेता गौतम नेकपा एसमा समाहित हुने विषयमा विगतदेखि नै विभिन्न प्रयासहरू हुँदै आएका थिए। केही दिन अघि पनि माधव नेपाल र वामदेव गौतमबीच पार्टी कार्यालय आलोकनगरमा वार्ता भएको थियो।

प्रकाशित मिति : बुधबार, पुष १७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij