काठमाण्डौ – एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टोली सुपर फाइभमा पुगेका छन् ।
एन्फा महिला लिगमा १० टिमको सहभागिता थियो । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्ने छ । सुपर फाइभमा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, वालिङ नगरपालिका र बाग्मती युथ क्लब पुगेका छन् । अन्तिम चरणमा २४ खेल हुने छन् ।
पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुने छ ।
प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्