चितवन – दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन आईपीओ जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड रुपैयाँको आईपीओ जारी गर्ने निर्णय गरेको हो ।
नवलपरासी सुस्ता–त्रिवेणी पूर्व को विनयी त्रिवेणी गाउँपालिका–३ को सर्दीमा झन्डै ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’ मा कम्पनीको अहिले चार लाख कुखुरा रहेका छन् । कम्पनीले चाँडै नै ६ लाख कुखुरा पुर्याउने लक्ष्य लिएको अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो ।
कुखुरापालन क्षेत्रमा आईपीओ जारी गर्ने ‘एग्रो फार्म’ पहिलो भएको कम्पनीले दाबी गरेको छ । कम्पनीको साधारणसभाले रघुनाथ भट्टको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
२०७४ सालमा स्थापना भएको यस कम्पनीमा शुरु आतमा एक लाख कुखुरापालन गरिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक पोखरेलका अनुसार फार्ममा अहिले दैनिक तीन लाख ५० हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । यहाँ उत्पादित अण्डा देशका प्रमुख शहरहरूसँगै ग्रामीण क्षेत्रमा समेत पठाइने गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्