मुक्ति समाजको देउसी भैलोबाट उठेको रकम क्यान्सर तथा मृगौला पिडितलाई प्रदान

मुक्ति समाजको देउसी भैलोबाट उठेको रकम क्यान्सर तथा मृगौला पिडितलाई प्रदान

बुटवल – नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बुटवल उपमहानगरपालीका वडा न।११ को आयोजनामा बधाई तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

असाहय, रोगी तथा अति विपन्न नागरिकहरुको सहयोगका लागि तिहारमा देउसी भैलो खेली जम्मा भएको रकम आईतबार एक कार्यक्रमका विच हस्तान्तरण गर्नुका साथै पार्टीका विभिन्न तहमा निर्वाचित हुने मुक्ति समाजका सदस्यहरु तथा एमाले पाटीका वडा देखि जिल्ला तहका विभिन्न पदमा निर्वाचित भएकाहरुलाई सम्मान समेत गरिएको हो ।

पाल्पाको रैनादेवी छहरा गाउपालीका – ३ भुवनपोखरी गोखुङ्गा की २१ बर्षिया क्यान्सर पिडित रिता परियारलाई नगद रु। ८ हजार ५सय , बुटवल–११ प्रगतिनगरकी एकल महिला सन्ध्या थारुलाई ३ हजार , बुटवल १२ बेलबासका मृगौला पिडित ३६ बर्षिय अरुण बिकलाई ४ हजार रुपैया नगद सहयोग हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य जुद्ध विकले नेपाल उत्पीडित जातीय मुक्ति समाज दिन दुखिहरुको सारथी भएको बताए । दलित समुदाय सिप,कला र संस्कृतिमा अगाडि भएता पनि सदियांै बर्ष देखि राज्यका हरेक अवसरबाट बहिष्करणमा पारिएको भन्दै अब आफनो अधिकार प्राप्तिका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले सामाजिक,आर्थिक ,राजनैतिक तथा शैक्षिक रुपमा अव्वल बन्नका लागि समुदाय स्तरमा सचेतना तथा उद्यमशिलता जस्ता कार्यक्रमको आवश्यकता रहेको भन्दै दलित समुदायको समस्या समाधानका लागि सरकारका तिनै तहले प्याकेजमा बजेटको व्यबस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रेवन्त गहतराज, नहकुल शाही , दुर्गा प्रसाद श्रेष्ठ, माया दर्नाल लगाएतको उपस्थिती रहेको उक्त कार्यक्रम मुक्ति समाज वडा न ११ का अध्यक्ष अमृत बेबारेको अध्यक्षता , उपाध्यक्ष धनमाया परियारको स्वागत तथा सचिब सुनिल गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : आइतबार, पुष २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij