चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ ,अन्य एक सय ३० जना घाइते

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ ,अन्य एक सय ३० जना घाइते

चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ९५ जना पुगेको छ । नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अन्य एक सय ३० जना घाइते भएका छन् ।

भूकम्पका कारण सयौं घर भत्किएका छन् । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो । भूकम्पका कारण सिगात्से क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।

चिनियाँ सेनाले उद्धार प्रयास शुरू गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोन पारिचालन गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले क्षति कम गर्नका लागि पूर्ण स्तरको खोज र उद्धार गर्न तथा प्रभावितहरूको पुनर्वासका लागि आह्वान गर्नुभएको छ ।बिहान नेपाल–चीन सिमानामा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij