सशस्त्र प्रहरी बल नेपाल

सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक  डीआईजी को पदावधि एक वर्ष थप

सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक  डीआईजी को पदावधि एक वर्ष थप

काठमाण्डौ – सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक  डीआईजी को पदावधि एक वर्ष थप भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

पदावधि थप हुनेहरुमा नम्बर–१ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नम्बर–३ गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरी रहेका छन् ।

गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को ग मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ । चारै जना प्रहरी नायब महानिरीक्षक भएको हिजो चार वर्ष पूरा भएको हो ।

नियमावलीको दफा ६५ कै ग  को २ उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक आईजी को सिफारिशमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र प्रहरी नायब महानिरीक्षक डीआईजी को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ ।

त्यसै व्यवस्था अनुसार मन्त्रिपरिषद् बैठकले चारै जना प्रहरी नायब महानिरीक्षकहरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : बुधबार, पुष २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij