JanataToday.com

Advertisment

SKIP THIS

विप्लव बन्दको बुटवलमा प्रभाव न्युन, कालिकानगरमा संकास्पद बस्तु फेला ।

विप्लव बन्दको बुटवलमा प्रभाव न्युन, कालिकानगरमा संकास्पद बस्तु फेला ।

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा आज आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ ।

फागुन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका वडानम्वर ९ मा प्रहरी प्रशासनले आफनो पार्टीका कार्यकर्ता दुर्गा बहादुर रोकालाई घरबाट पक्रेर लगि पुन सुन्दरडाडामा ल्याई गोली प्रहार गरी घाइते बनाएको, स्थानीय जनतालाई सताएको र पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्ता कार्यको बिरोधमा बन्द आब्हान फागुन २४ गतेसो पार्टीले बिज्ञप्ति जारी गरी जनाएको थियो ।

पार्टी महासचिव बिप्लवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौ नेता कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजनीतिक व्यबहार गरीरहेकाले बन्द आब्हान गरीएको उल्लेख गरीएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले आजको बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन ।

बिहानी सत्रमा चल्ने शिक्षण सस्था चलेका छैनन । बुटवलको कालिकानगरमा आज संकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन । सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन ।

बुटवल, भैरहवा, पाल्पा, अर्धाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन ।तथा मोटरसाईकल हरु भने चलेका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij