काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा तीन हजार रुपैयाँले बढेको छ । आज सुन एकैदिन तोलाकाे एक हजार नौ सय रुपैयाँ र हिजो एक हजार एक सय रुपैयाँले बढेको हो ।
सुनको भाउ आज तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्