JanataToday.com

Advertisment

SKIP THIS

भारतमा भएको रेल दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

भारतमा भएको रेल दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

नयाँ दिल्ली -भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मारिनेको सङ्ख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेको थाहा भएको छ ।

प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे ।

यस क्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भयो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । सनाखत भएका चार जना नेपालका भएको प्रहरीले बताएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् ।

यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij