JanataToday.com

Advertisment

SKIP THIS

भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा‘ए’ डिभिजनको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी

भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा‘ए’ डिभिजनको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी

भैरहवा, अभिषेश गौतमको उत्कृष्ट बलिङ र देव खनालको अलराउण्ड प्रदर्शनमा भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

जीतका लागि पाएको १ सय ४० रनको लक्ष्य वेष्टर्नले २१ ओभर ४ बलमा २ विकेटको नोक्सानीमा १ सय ४४ रन बनाउँदै सहजै भेट्टाउँदै जीत निकाल्यो । उसको जीतमा देव खनालले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, रन्जित खड्काले ३३, मिर्नाल गुरुङले नटआउट २९ र भुवन पाण्डेले १८ रन बनाए । बलिङमा जेआरका विशाल भुसाल र कुशल भूर्तेलले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ४६ ओभरमा ३७ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । उसका लागि सन्दिप जोराले ६६, विशाल भुसालले १९, नविन भुसालले १४, दीलिप नाथले १३ र अनमोल थापाले १२ रन बनाए । बलिङमा वेष्टर्नका अभिषेश गौतमले १० ओभरमा १ मेर्डनसहित २८ रन खर्चेर ६ विकेट लिए । यस्तै, देव खनालले २ तथा सुझाव थापा र इशान पाण्डेले समान १–१ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले बताए ।

प्रकाशित मिति : आइतबार, माघ १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij