JanataToday.com

Advertisment

SKIP THIS

“क्लोथ एण्ड फुड बैंक नेपाल” को फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड 

“क्लोथ एण्ड फुड बैंक नेपाल” को फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड 

बुटवल, “क्लोथ एण्ड फुड बैंक नेपाल” को आयोजनामा फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड  आगामी माघ १९ गते, शनिवार बिहान ७ बजे बुटवलमा आयोजना हुने भएको छ ।

वातावरणीय जागरूकता फैलाउने र सरसफाइका महत्त्वपूर्ण पहलुहरूको बारेमा जनतालाई सचेत गराउने उद्देश्यले सो कार्यक्रम गर्ने भएको हो । बुटवलका विभिन्न स्थानबाट सुरु हुने यो दौड एक घण्टा लामो हुनेछ, जसमा सहभागीहरूले निर्धारित समयभित्र बढीभन्दा बढी फोहोर संकलन गरेर प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रममा सहभागीहरूको फोहोर संकलनको गतिविधिलाई ड्रोनद्वारा प्रत्यक्ष निगरानी गर्ने र स्वयंसेवकहरूको सक्रिय भूमिका रहने छ। यसले कार्यक्रमको निष्पक्षता सुनिश्चित गर्नेछ र सबैको सहभागिता सुनिश्चित गर्नेमा मद्दत पुर्याउनेछ। आयोजकहरूले यसैगरी सबैको सहभागिता र जिम्मेवारीको भावना बढाउन चाहेका छन्।

कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले यसबारे बोल्दै भने, “यो कार्यक्रम हाम्रा नागरिकलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने उद्देश्यले आयोजना गरिएको हो। ट्रयास रेस एक अनौठो र प्रेरणादायक कार्यक्रम हो जसले सरसफाइ र वातावरणीय सचेतनामा नयाँ दिशा दिन्छ।”

कार्यक्रमका प्रमुख अध्यक्ष तथा क्लोथ एण्ड फुड नेपाल ९ कपाडा बैंक ० का अध्यक्ष कमल जिसीले भने, “हाम्रो वातावरणलाई सफा र हरित राख्नको लागि सबैको सहभागिता महत्त्वपूर्ण छ। यस कार्यक्रमले हाम्रो समुदायलाई एकताबद्ध बनाउने र स्वच्छता र फोहोर व्यवस्थापनप्रति सचेत बनाउनेछ।”

यस कार्यक्रमको विजेतालाई आकर्षक पुरस्कारहरूसँगै प्रमाणपत्र र मायाको चिनो दिइनेछ। पहिलो स्थान प्राप्त गर्ने सहभागीलाई रु। ५५,०००र( को पुरस्कार दिइने छ भने, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेहरूलाई क्रमशः रु। ३०,०००र( र रु। १५,०००र( को पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको स्थान र समय समेत निश्चित गरिएको छ। रिफ्रेश क्याफे र लाइम लेमन क्याफेबाट सुरु हुने यो दौड डेनोभो होटेलमा समापन हुनेछ। सहभागीहरूले रिफ्रेश क्याफे, लाइम लेमन क्याफे, गाउले चुलो, चियावाला ट्राफिक चोक, डे क्राउन होटेल, समृद्धि सलुन एण्ड एकेडेमी,ड्याडिज किचेनका सम्पुर्ण ब्रान्चहरु लगायतका स्थानहरूमा गएर आवेदन फारम भरी नाम दर्ता गर्न सक्नेछन्।

सहभागी बन्नको लागि १६ वर्षभन्दा माथिका विद्यार्थी, संस्थाहरू र स्थानीय समुदायका सदस्यहरूलाई प्रोत्साहित गरिनेछ। आयोजकहरूले यस कार्यक्रमलाई पारदर्शी र निष्पक्ष बनाउनको लागि ड्रोनद्वारा निगरानी राख्ने र स्वयंसेवकहरूको स्थलगत निगरानी व्यवस्था गरेको छ ।

यस कार्यक्रममा सहभागी हुने सबैलाई सरसफाइ र फोहोर व्यवस्थापनको महत्त्वका बारेमा सचेत गराउन शिक्षा प्रदान गरिने छ, जसले सामूहिक रूपमा वातावरणीय संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।

कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठ र अध्यक्ष कमल जिसीले आज माघ १५ गते पत्रकार सम्मेलनमा कार्यक्रमको महत्त्व र तयारीको बारेमा जानकारी गराउँदै यस अभियानको माध्यमबाट बुटवलमा स्वच्छ वातावरण निर्माणको लक्ष्य लिइएको र यसलाई सम्पूर्ण नेपालमा फैलाउने योजना बनाएका छन् ।

कार्यक्रमका लागि थप जानकारी र सहभागिता सम्बन्धी कुनै पनि प्रश्नको लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिने आयोजकले बताए। ९८६९९२९३८०,९८५७

०७८०२४ , ९८५७०७८०२६

 

प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij