JanataToday.com

Advertisment

SKIP THIS

जिल्ला प्रशासन रुपन्देहीद्वारा जनतामुखि कार्यको थालनी

जिल्ला प्रशासन रुपन्देहीद्वारा जनतामुखि कार्यको थालनी

भैरहवा । प्रत्येक महिना नयाँ कार्यको सुरुवात गर्दै आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चैत महिनामा पनि विभिन्न कार्यक्रमको थालनी गरेको छ । गत पुष देखि नै कार्यालयले प्रत्येक महिना कुनै न कुनै नयाँ कामको सुरुवात गरेको हो ।

चैत महिनाको पहिलो दिन १ गते देखि कार्यालयले प्राथमिक कक्षा सञ्चालन, टोकन प्रणालीको सुरुवात, शुद्ध पिउने पानी (तातो/चिसो), हुलाक टिकट व्यवस्था, नोटिस बोर्ड सेवा र प्रशासन बुलेटिनको प्रकाशन शुभारम्भ गरेको छ ।

जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सुशासन कायम गर्ने कार्यालयको मुख्य काम रहेको र प्रशासन कार्यालय अभिभावक संस्था रहेकोले राम्रो कामको सुरुवात आफैबाट गरिएको प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले बताएका छन् । सेवालाई चुस्तदुरुस्त बनाउन र सेवाग्राहीलाई प्रदान गरिने सेवा सरल ढंगबाट भइ गुनासो व्यवस्थापन होस भन्ने उद्धेश्यका साथ विगत केही महिनादेखि नयाँ कामको थालनी गरिएको रानामगरले बताए । सुरक्षासंग सम्बन्धित केही कुराहरु बाहिर ल्याउने नमिल्ने भएकोले शान्ति सुरक्षा व्यवस्थापन गर्न र सुशासन कायम गर्न कार्यालय प्रतिबद्ध रहेको उनले बताएका छन् ।

राष्ट्रिय भाव जगाउने राष्ट्रिय गानबाट कार्यालयको काम सुरुवात गर्ने ७७ जिल्लामध्ये सम्भवतः रुपन्देही पहिलो जिल्ला हो, पिउने पानी (चिसो/तातो), पुस्तकालयको समेत व्यवस्था गरेका छौ, प्रजिअले भने । कतिपय मन्त्रालयमा समेत पुस्तकालय नभएको र प्रशासन कार्यालय रुपन्देहीमा विभिन्न दानवीरहरुको सहयोगमा व्यवस्थित पुस्तकालय बनाइएको उनले बताए ।

विभिन्न जिल्लामा टोकन प्रणाली भए तापनि त्यो परम्परागत रहेको र जिल्ला प्रशासन रुपन्देहीमा डिजिटल टोकन प्रणाली राखिएकोले रुपन्देही प्रशासन डिजिटल टोकन प्रणाली राख्नमा पनि प्रथम भएको उनले दावी गरेका छन् । त्यस्तै अन्य जिल्लाहरुमा पनि प्राथमिक सेवा कक्ष भए पनि रुपन्देहीमा भने एमडी तहको डाक्टरबाट स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए । साथै कतिपय औषधीहरु पनि निःशुल्क रुपमा उपलब्ध गराइने भएकाले अन्य स्थानभन्दा फरक हुने उनको भनाइ छ ।

त्यस्तै हुलाक टिकटका निम्ति हुलाक कार्यालय धाउनुपर्ने बाध्यता र बाहिर टिकट बेच्दा बिचौलियाहरुले नाफा खाने कार्यलाई हत्सोसाहित गर्न हुलाक टिकट विक्री शुभारम्भ गरिएको बताएका छन् । गत फागुन २६ र २७ गते भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजनामा र सो गोष्ठीमा प्रशासन कार्यालयले गरेका कामहरुमा बारेमा जानकारी गराइएको र यस महिनामा कामको परिमाणहरु बढाइएको प्रजिअले बताए ।

प्रशासनिक कामको सहजताको लागि टोकन प्रणाली सुरुवात गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताइन् । उनले यस क्षेत्रकै ठूलो मेडिकल कलेज युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाको सहकार्यमा प्राथमिक स्वास्थ्य उपचार कक्ष स्थापना गरिएको जानकारी दिइन् । त्यस्तै टोकन प्रणालीको जडानको लागि अर्घाखाँची सिमेन्ट प्रा.लि. र खानेपानी सेवाको समाजसेवी गोविन्द ज्ञवालीबाट सहयोग भएको उनले बताइन् ।

पुस महिनामा प्रत्येक दिन जारी भएका नागरिकताको संख्या, सम्बन्धित व्यक्तिको नाम र ठेगाना वेभसाइटमा राख्ने र नागरिकताको अनुसुची फारम स्क्यान गरेर कम्प्युटर राख्ने कामको सुरुवात भएको थियो । त्यस्तै प्रशासन कार्यालयमा बिहान राष्ट्रगान पश्चात मात्र कार्यालयको सेवा प्रवाह हुने गरेको छ । अहिले जिल्ला प्रशासन कार्यालयले फेसबुक लगायतका सामाजिक सञ्जाल पनि प्रयोगमा ल्याएको छ । जसबाट सर्वसाधारणले कार्यालयको सेवा बारे जानकारी लिन सक्ने, गुनासो गर्न सक्ने, गोप्य सूचना दिन सक्ने लगायतको व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै कार्यालयले ‘डिएओ रुपन्देही’ नामक मोबाइल एप्स पनि सञ्चालनमा ल्याएको छ । प्रविधिले फड्को मारिरहेको अवस्थामा कार्यालय पनि प्रविधियुक्त हुन आवश्यक छ, प्रजिअ रानामगरले भने यसले सेवाग्राहीलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij