खोप लगाउने स्थानहरू

बुटवल उपमहानगर पालिकामा आजदेखि एचपीभी खोप लगाइँदै

बुटवल उपमहानगर पालिकामा आजदेखि एचपीभी खोप लगाइँदै

बुटवल,

रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकामा आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइँदै छ । यो खोप ९ वर्षदेखि १४ वर्षसम्मको उमेर समुहका किशोरीहरुलाई लगाइने छ ।

बुटवल  उपमहानगरका करिब १० हजार किशोरीहरुलाई खोप लगाउने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । संघीय सरकारको खोप कार्यक्रम अन्तरगत कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई विद्यालयमै पुगेर एचपीभी खोप लगाइँदै छ । उपमहानगर अन्तरगत रहेका ७० वटा विद्यालयमा किशोरीहरुले खोप लगाउन सक्ने छन् भने १२ वटा स्वास्थ्यसंस्था स्तरीय खोपकेन्द्रहरुमा गएर पनि यो खोप लगाइने पाण्डेले जानकारी दिए । माघ २९ गतेसम्म सञ्चालन गरिने यो अभियानमा छुटेका किशोरीहरुलाई बुटवलको आम्दा अस्पताल माघ २८ र २९ गते पनि लगाउन पाउने व्यवस्था गरिएको उपमहानगरकी खोप फोकल पर्सन कल्पना भुसालले जानकारी दिइन् ।

बुटवल उपमहानगरले तयार पारेको तथ्याङ्क अनुसार खोप लगाउनु पर्ने किशोरीहरुको संख्या विद्यालय जानेहरु ९ हजार ८१४ जना छन् भने विद्यालय बाहिर १४७ जना रहेका छन् । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकीएको र सोही अनुसार तयारी गरिएको खोप फोकल पर्सन भुसालले बताइन् । किशोरीहरु यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले निश्चित उमेर समुह तोकिएको उनले बताइन् । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।

बुटवलमा खोप अभियानका लागि १७२ जना र स्वास्थ्य स्वयम् सेविका, विद्यालयका शिक्षिका तथा नर्स गरी ७० जनालाई प्रशिक्षित गरिएको । त्यसैगरी ४६ जना स्वास्थ्यकर्मी समेत खोपका लागि परिचालन गरिने भएको छ । प्रत्येक खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी र २ जना स्वास्थ्य स्वयम्सेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ । विद्यार्थीको संख्या बढी भएका विद्यालयहरुमा भने यो संख्या थप बढी हुन सक्ने खोप फोकल पर्सन भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij