JanataToday.com

Advertisment

SKIP THIS

श्रम कार्यालय भैरहवा सार्न माग

श्रम कार्यालय भैरहवा सार्न माग

बुटवल । सिद्धार्थनगर भैरहवा बचाऔं अभियान भैरहवाले बुटवलको श्रम तथा रोजगार कार्यालय भैरहवामा सार्न माग गरेको छ ।

बुटवलको चांदबारीमा रहेको श्रम कार्यालय अत्यन्त सांघुरो भएको र पार्किङको समस्या रहेको भन्दै उचित स्थानमा सार्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टले नै केही दिन अघि निर्देशन दिएका थिए ।

मन्त्री विष्टको निर्देशन अनुसार नै अभियानले भैरहवामा खाली रहेका सरकारी भवनहरु मध्ये उपयुक्तमा श्रम कार्यालय सार्नुपर्ने माग गरेको हो ।

भैरहवामा साविकको मत्स्य विकास कार्यालय, शैक्षिक तालिम केन्द्र,जिल्ला कृषि विकास कार्यालय र डिभिजन सहकारी कार्यालय खाली अवस्थामा रहेका छन् ।

अभियानका अध्यक्ष शोभाकान्त नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै बुटवलमा महंगो भाडा तिरेर सरकारी कार्यालय राख्दा राज्यलाई अनावश्यक भार पर्ने र भैरहवामा सरकारी कार्यालयहरु खाली रहने भएकाले सरकारी सम्पत्तिको सदुपयोग गर्न माग गरेका हुन।

अभियानले भैरहवाको बुद्धचोक,देवकोटा चोकमा सार्वजनिक शौचालय निर्माण गर्न पनि नगरपालिकासंग माग गरेको छ ।

सिद्धार्थनगर नगरपालिकामा साविकका हाटी वनगाई, चिल्हिया, बसन्तपुर, पड्सरी र बगाहा गाविसलाई जोडेर उपमहानगरपालिका बनाउने उद्देश्यले अभियानको स्थापना गरिएको संयोजक नेपालले बताए ।

प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij