भैरहवा, रोहिणी गाउंपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई  र   गाउंपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खान बीच भनाभन भएको छ ।

सोमबार दिउँसो १२ः१५ बजेको समयमा कार्यालयमै कार्यपालिकाको बैठक संचालन भइरहेको अबस्थामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेले र  वडा अध्यक्ष करम हुसेन खान बीच भनाभन भएको हो । तर,  कर्मचारीहरुले बिज्ञप्ती जारी गर्दै गाउंपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका छन् ।

वडा अध्यक्ष खांनले बारम्बार कर्मचारीहरुलाई गाली गलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको गाउंपालिकाका कर्मचारीले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

बिज्ञप्तीमा लेखिएको छ,, “यस घटनाबाट राष्ट्रसेवक कर्मचारीको मान मर्दन गर्ने कार्यले अत्यन्तै मर्माहित बनाएको, कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो । सम्पूर्ण कर्मचारीहरू यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं ।”

घटनाको दोषी उपर कडा कारबाही गरी गाउंपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरू सन्चालन गर्ने वातावरण नबनेसम्मका लागि गाउंपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय कर्मचारीले गरेका छन् ।

यस विषयमा प्रतिक्रिया दिंदै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रेमप्रसाद खनालले घटनाको निन्दा गर्दैै दोषीमाथि कारवाही र काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरे ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij