टोरन्टो , क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ । बिबिसीका अनुसार विमान पल्टिदाँ तीन जना गम्भीर घाइते भएका छन् । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन् ।
विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचार अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बिबिसीले जनाएको छ ।
डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए ।
दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ ।
विमान अमेरिकाबाट क्यानडा गएको हो । प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ । विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्