केआईआईटीले माग्यो माफी , दुई कर्मचारी सहित बरिष्ठ प्रशासनिक अधिकृत बर्खास्त

केआईआईटीले माग्यो माफी , दुई कर्मचारी सहित बरिष्ठ प्रशासनिक अधिकृत बर्खास्त

काठमाडौं , भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन्।

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय आईआरओ का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ।

‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गरेका छन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ। दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ’,कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरेको थियो।

विद्यार्थीले विश्वविद्यालय छाड्न नमानेपछि ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छाडिएको थियो। नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको थियो।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij