कालिकाका शिशिर एमबीबीएस छात्रवृत्तीमा टप १० मा

कालिकाका शिशिर एमबीबीएस छात्रवृत्तीमा टप १० मा

१८ जनाले निकाले पूर्ण छात्रवृत्तिमा नाम

बुटवल, बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिकानगरमा रहेको कालिका मानवज्ञान मावि बाट चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षा शिशिर मल्लले टप १० ¥याङ्कमा नाम निकाल्न सफल भएका छन् । सोही विद्यालयबाट एसईईपरिक्षामा ४ जिपीए सहित उत्र्तीण भएका शिशिर मल्ल कक्षा ११ र १२ कालिमा नै विज्ञान संकायमा अध्ययन गरेका थिए ।

उनी संगै कालिका मानवज्ञान माध्यमिक विद्यालयका १८ जना विद्यार्थी एमविविएस परिक्षामा प्रवेश परिक्षामा नाम निकाल्न सफल भएका हुन ।

प्रवेश परीक्षाको सार्वजनिक नतिजाअनुसार विद्यालयका शिशिर मल्लले देशभरबाट दसौँ स्थान हासिल गरेका छन्। त्यसैगरी निश्चल जीसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान हासिल गरेका छन् ।

त्यस्तै बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान प्राप्त गरेका छन् ।

विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताएका छन् । उनका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ । एकैपटक १८ जना विद्यार्थीले देशभरको प्रतिस्पर्धामा ४०० भित्र स्थान हासिल गर्नु विज्ञान सङ्काय र विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए । अन्य क्लस्टरका विद्यार्थीसमेत जोड्दा सफल हुने विद्यार्थीको सङ्ख्या ३५ भन्दा बढी हुने उनले जानकारी दिए ।

विद्यालयका प्राचार्य विष्णुहरि ज्ञवालीले यस नतिजाले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताए । उनले भने –‘ विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको हुन । ’

सामुदायिक विद्यालयतर्फ नमुना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माध्यमिक विद्यालयले चिकित्सा शिक्षा प्रवेश परीक्षामा प्राप्त गरेको यस सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, मंसिर ४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij