मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो

सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सातै जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। मृतकको शवसमेत अस्पताल पुर्‍याइएको जनाइएको छ।

यसअघि केहीदिन अघि पनि भिमफेदी नजिकै काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij