JanataToday.com

Advertisment

SKIP THIS

नेपालले लेबनानसँग खेल्दै

नेपालले लेबनानसँग खेल्दै

काठमाडौं –  चार देशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसँग खेल्दैछ।

 

 

दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।  पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यमा छ।

४ टोली मध्ये शीर्ष २ मा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने हुन्छ। त्यसैले लेबनानविरुद्ध खेलमा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा नेपाली टोली छ। खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले बिहिबारको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताए।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ। गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij