JanataToday.com

Advertisment

SKIP THIS

नयाँ स्वास्थ्य नीति आवश्यक भइसक्यो : स्वास्थ्य मन्त्री पौडेल

नयाँ स्वास्थ्य नीति आवश्यक भइसक्यो : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा लगानी बढाएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्। २८औँ स्वास्थ्य सेवा दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्राथमिकतामा राखेर स्वास्थ्य सेवातर्फ सबै तहका सरकारले लगानी बढाउनुपर्ने जोड दिएका हुन्।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि यस क्षेत्रमा लगानी बढाउनैपर्ने आवश्यकता आएको छ जसले गर्दा मात्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनसक्छु उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले भने।

यस्तै, अर्को प्रसंगमा मन्त्री पौडेलले नयाँ स्वास्थ्य नीति आवश्यक भइसकेको समेत बताएका छन्। ुसमय सापेक्ष नयाँ स्वास्थ्य नीति आवश्यक भएको छ त्यसका लागि समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर नयाँ ऐन ड्राफ्टको अन्तिम तयारीसमेत भइरहेको छु स्वास्थ्यमन्त्री पौडेलले भने।

यस्तै, हाल उनले स्वास्थ्यकर्मीहरूको तलब सुविधा पनि फरक हुनुपर्ने धारणा व्‍यक्त गरे। चिकित्सकको सेवासुविधा पनि अरूभन्दा फरक हुनुपर्छ अनि बल्ल सेवा प्रभावकारी हुन्छ, जुन कुरा सबै ऐनले नै तोक्नुपर्छ ु मन्त्री पौडेलले भने।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij