JanataToday.com

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रको विकासको लागि भिडियो प्रतियोगिता हुदैँ

पर्यटन क्षेत्रको विकासको लागि भिडियो प्रतियोगिता हुदैँ

भैरहवा । विभिन्न स्थानमा लुकेर रहेका पर्यटकीय क्षेत्रको विकासको लागी भिडियो प्रतियोगिता हुने भएको छ । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राइज फाउण्डेशनले भिडियो प्रतियोगिता सार्वजनिक गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने लक्ष्य सहित फाउण्डेशनले नेपाल पर्यटन बोर्डसंग सहकार्य गरी उक्त कार्यक्रमको घोषणा गरेको हो । कार्यक्रम बारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा कुनै पनि भिडियो निर्माताले यसमा सहभागीता जनाउन सक्ने बताए ।

नेपालका धेरैजसो ठाउँहरु अझै पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण रहे पनि सबैको नजरमा आउन नसकेको हुँदा त्यस्तो क्षेत्रको पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुर्‍याउने आयोजकको भनाइ छ ।

निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनसुकै विषयमा एउटा विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने फाउण्डेशनमा प्रबन्ध निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए । यस्तो भिडियो एचडी क्वालिटीमा हुनुपर्ने आयोजकको शर्त छ । अधिकतम ५ मिनेटको भएको भिडियो चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, डकुमेन्ट्री एवं चलिचित्र निर्देशक सम्झना उप्रेती लगायतको टिम रहेको श्रेष्ठले जानकारी दिए ।

निर्णायकहरुबाट चयन भएको उत्कृष्ट भिडियोहरुलाई फाउण्डेशनको युट्यूब, फेसबुक पेजमा राखेर प्रचारप्रसार गरिने र सर्वाधिक लाइक, कमेन्ट र शेयर हुने भिडियोलाई पिपुल च्वाईस एवार्ड प्रदान गरिने छ । यसरी उत्कृष्ट छानिएका भिडियोहरुलाई ३ लाख ५० हजार सम्मको पुरस्कार प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । जनवरी १ तारीखबाट शुरु भएको प्रतियोगिता ४ महिना सम्म चल्ने आयोजकले बताएका छन् ।

भिडियोले स्थानीय तहमा लुकेर रहेका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भैरहवाका पर्यटन व्यवसायीहरुको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नाट्टा प्रदेश ५ का अध्यक्ष बिष्णु शर्मा, पर्यटन व्यवसायी सञ्जय बजिमय, रविन्द्र शर्मा घिमिरे, सिपी श्रेष्ठ, लिलामणि अधिकारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता चेतन पन्तले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij