काँग्रेसका सबै शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

काँग्रेसका सबै शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

बुटवल । नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु आज विहान ९ बजेको फ्लाइटमा भैरहवा आइपुग्ने कार्यक्रम रहेको काँग्रेस नेताहरुले बताएका छन् ।

प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ । भैरहवाको पटुवा हलमा विहान ११ बजेदेखि हुने प्रशिक्षण कार्यक्रममा देशभरबाट क्षेत्रीय सभापतिहरुसहित ५ हजार बढी प्रतिनिधिहरु सहभागी हुने काँग्रेस रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij