JanataToday.com

Advertisment

SKIP THIS

आजदेखि प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ सुरु हुँदै

आजदेखि प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ सुरु हुँदै

बुटवल , रुपन्देहीको सैनामैना–४ मुर्गियामा आजदेखि प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ सुरु हुँदै छ । सैनामैना फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना मैना रंगशालामा हुने प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने संयोजक अशोक खड्काले जानकारी दिए ।

प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहेको संयोजक खड्काले जानकारी दिए । स्तनीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरुलाई सहभागी गराउने उद्देश्यसहित सैनामैनामा पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रविन भारीले बताए । अखिल नेपाल फुटबल संघ ९एन्फा०सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ८० हजार रुपैयाँ नगद राशी प्रादन गरिने अध्यक्ष भारीले जानकारी दिए ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिने भएको छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु–११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फाकै प्राविधिकहरुबाट खेलहरु सञ्चालन हुने भएका छन् । बढीमा ५ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाइने प्रतियोगितामा खेलाडीहरुका लागि १ लासम्मको दुर्घटना बीमा समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रकम खर्च अनुमान गरिएको छ । प्रतियोगितामा दर्शकका लागि सिजनल पास ९सबै प्रतियोगिता हेर्न मिल्ने०का लागि एक हजार रुपैयाँ र साधारणतर्फ १ सयदेखि २ सय सम्म निर्धारण गरिएको छ । यसैगरी वृद्ध, अशक्तहरुलाई निःशुल्क प्रवेशको व्यवस्था तथा विद्यार्थीका लागि टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

विगत वर्षहरुमा नगरस्तीय प्रतियोगिता गर्दै आएको मुर्गिया फुटबल क्लबले यस सिजनमा रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकप पछिकै सर्वाधिक राशीको गोल्ड कपको रुपमा विकास गर्नेगरी यो प्रतियोगिता गर्न लागिएको अध्यक्ष भारीले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij