बुटवलमा हुने मूक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी तिब्र : सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने

बुटवलमा हुने मूक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी तिब्र : सम्मेलनको उद्घाटन प्रचण्डले गर्ने

oppo_2

बुटवल , मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र पारिएको छ । यहि फागुन २८ गते बुटवलमा हुने मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारीबारे मोर्चाले सोमबार बुटवलमा पत्रकारहरुसंग भेटघाट गर्दै सो कुराको जानकारी दिएको हो ।

मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल केन्द्रिय समितिका अध्यक्ष गणेश सलामी मगरले बुटवलमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैं उक्त सम्मेलनको माओवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार देशैभरिबाट करिब १ हजार प्रतिनिधिहरु सहित बुटवल स्थित ट्राफिकचोकमा हुने सभामा करिब १५ हजार जनसहभागिता गराउने तयारी गरिएको छ । सभालाई नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरीघर्तीमगर, सुरेश आलेमगर लगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोकामगरले जानकारी दिनुभएको छ ।

यसैबीच फागुन २८ गतेको उक्त कार्यक्रमलाई सफल पार्नका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बुटवल नगरले सबै वडालाई निर्देशन जारी गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नका लागि नगर भित्रका पार्टी र कार्यकर्ताहरुलाई तयारीका लागि व्यापक रुपमा परिचालन गरिएको समेत जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij