बुटवल । रुपन्देही जिल्लामा यस वर्षको एस ई ई मा १७ हजार ४ सय ८४ परीक्षार्थीले परीक्षामा सहभागिता जनाउँने भएका छन ।
जिल्लाका १६ वटै स्थानीय तहमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालयको तयारी भईरहेको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख दिपेन्द्र ढकाले जानकारी दिए ।
चैत्र १० गतेबाट सुरु हुने एस ई ई परीक्षामा रुपन्देही जिल्लामा ५६ वटा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालनको तयारी गरिएको उँहाले जानकारी दिए ।
यस वर्षको प्राविधिकमा ४ सय ४६ , ग्रडबिृद्धिमा ५ सय १५ र ३ जना द्धष्टिविहिन परीक्षार्थी परिक्षामा सामेल हुने भएका छन ।
भैरहवा बाहेक सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पुगिसकेको प्रमुख दिपेन्द्र ढकालले जानकारी दिदैं प्रश्न पत्र सम्बन्धि सुरक्षा कार्यलमा पुगिसकेका बताए ।
सम्बन्धित केन्द्राध्यक्ष तोकेर परीक्षाको तयारी गरेको जिल्ला शिक्षा समन्वय ईकाईले जनाएको छ ।
सम्बन्धित स्थानीय तहका प्रमुख , उपप्रमुख , शिक्षा अधिकारीहरुलाई अनुगमनको जिम्मा दिईने बताईएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्