काठमाठौं – प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।
यसैगरी ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्