काठमाडौं । स्मार्टफोन खरिद गर्दा फोनको हार्डवेयर र सफ्वेयरको विषयमा फरकफरक फिचर्सबारे निकै ध्यान दिने गरिन्छ ।
पछिल्लो रिपोर्टअनुसार ८९ प्रतिशत भारतीय स्मार्टफोन खरिदकर्ताको लागि पहिलो प्राथमिकतामा राम्रो क्यामेरा पर्ने गरेको छ ।
त्यसपछि ८७ प्रतिशतले ब्याट्रिको लाइफ हेर्ने गरेका छन् भने ७९ प्रतिशतले र्याम र ७२ प्रतिशतले इन्टर्नल मेमोरीमा ध्यान दिने गरेका छन् ।
साइबर मिडिया रिसर्च (सीएमआर)को एक रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।
साइबर मिडिया रिसर्चको यो सर्वे फेब्रुअरी २०१९ मा भारतका ८ शहरका १५ देखि ३० वर्षका युवामा गरिएको थियो ।
सर्वेमा बताइएअनुसार युवाहरु नयाँ स्मार्टफोनको परीक्षण गर्न पनि रुचाउने गरेको पाइएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्