क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्नुहुने भएको छ । पूर्वबैंकर कार्नी राजनीतिमा नयाँ हुनुहुन्छ । ४५ वर्षका पियर भने अनुभवी नेता हुनुहुन्छ ।
पछिल्लो चुनावी विश्लेषणहरूले दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ । चुनाव घोषणा भएसँगै क्यानडाको संसद् पनि भङ्ग भएको छ ।
छिमेकी देश तथा सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध शुरू गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बनाउने बताइरहेका बेला क्यानडाका मतदाताहरूले देशको नेतृत्व छान्नेछन् । क्यानडाको चुनावमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुने गर्छन् । सँगै यो पटक देशको भविष्यसँग जोडिएको अस्तित्वकै प्रश्नहरू पनि आएका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्