पाल्पा । पाल्पाको निस्दी ४ मित्यालको गाउँ हो मौलाथर । मित्याल–झिरुवास मोटरबाटोको तल झुपुक्कको गाउँ । निस्दी गाउँपालिका कार्यालयबाट मात्रै ३ किलोमिटर दुरीमा रहेको छ मौलाथर गाउँ । गाउँपालिका कार्यालयको सबैभन्दा नजिक ठुलो बस्ती रहेको मौलाथरमा अझै पनि खानेपानीको समस्या ज्यूका त्यही छ ।
घरपरिवार, गाईवस्तुलाई होस् या नुवाईधुवाई देखि सागसब्जी गेडागुडीमा हाल्न होस् यहाँका बालबालिकाको पानी बोक्ने ठेक्का जस्तै भएको छ । घरका अभिभावक खेतीपातीको लागि खेतबारीमा काममा जाने र दिनभरिलाई पानी पुर्याउने जिम्मा विहान साझँ केटाकेटीकै भागमा पर्ने हुँदा उनीहरुको नियमित पढाईमा समेत समस्या परेको स्थानीय जबरसिं सारुले बताए ।
पाल्पा सदरमुकामदेखि झण्डै ८० किलोमिटर दुरीमा पर्ने यस गाँउका अधिकाशं घरका बालिबालिकाको दैनिकी नै पानी बोक्ने बनेको छ । पानीको सहज उपभोग नहुँदा यस गाउँका विद्यार्थीहरु घरमा पढने समय निकाल्न सक्दैनन् ।
मौलाथरमा ४० घरधुरी छ । यसबर्ष पानीको मुहान अझ छिटो सुकेकाले यस बर्ष झनै समस्या भएको स्थानीय सीता सोतीले बताइन् । मौलाथरमा झण्डै बर्षको ६ महिना पानीको हाहाकार हुने गर्छ ।
माघदेखि खानेपानीको समस्या हुने यहाँ यसबर्ष पुषबाटै पानीको धारामा पानी आउन छाडेको उनले बताइन् । धारामा पानी आउदा समेत गाउँभरिकाले एकैठाउँको २ धारामा पानी भर्नुप¥थ्यो अहिले झनै समस्या बढ्यो उनले भनिन् । सोती जस्तै धेरै महिला र केटाकेटीको भिड राती ४ बजेदेखि नै धारामा हुने गरेको उनले सुनाइन् ।
राती सबेरै धारामा पुरुष पनि पानी बोक्न पुग्छन् । जुन छिटो गयो उसले भरेर ल्याउछन् तर ढिलो हुने बित्तिकै भाडो पालोमा राखेर घर फर्किनुपरेपछि पानी बोक्ने जिम्मा स्कुल हिड्ने केटाकेटीको हुने गर्छ । ‘‘४ बजेदेखि नै पालो पर्खिनुपर्छ जबरसिं सारुले भने–अलि बेला भएपछि केटाकेटीले भरिन्छन् आफु काम गर्न जानुपर्छ’’ । गाउँदेखि झण्डै आधा घन्टा झरेर पानीको अर्काे स्रोत छ त्यहाँ पनि लाइन बस्नुपर्छ, सजिलोसँग भर्न पाउदैन उनले भने ।
दैनिक साझ विहान पानी बोकेर मात्र विद्यालय आउनुपर्ने यहाँका विद्यार्थीको बाध्यता भएको मौलाथर आधारभुत विद्यालयका प्रध्यानाध्यापक धन बहादुर ठाडाले बताए । मोटरबाटकै छेउमा रहेको मौलाथर आधारभूत विद्यालयमा पढ्ने झण्डै विद्यार्थीले ग्यालिन, डब्बा, ढाकर, बत्तलमा २÷४ पटक पानी नबोकी हुदैन । सबैले पानी बोक्नुपर्ने बाध्यताले पढाईमा समेत कमजोर बन्ने हुन् कि भन्ने चिन्ता लागेको बताए ।
हामीले सानो कक्षामा नै पढाई राम्रो होस् भनेर विभिन्न जुक्तिमा कक्षा चलाएका छौ, प्रध्यानाध्यापक ठाडाले भने–ससाना केटोकटी समेत पानी बोक्नुपर्दा घरमा पढ्ने वातावरण छैन । अभिभावकले समय दिन उत्तिकै गाह््रो छ त्यहीमाथि विहानै पढेर लेखेर स्कुल आउनुपर्ने विद्यार्थी पानी बोकेर खेप हालेर आउनुपर्छ । घरमा पढ्न समय नभएका बालबालिका पढाइमा कमजोर हुनुका साथै उनीहरूको सिकाइ उपलब्धी समेत कमजोर हुने ठाडाको भनाई छ ।
पानीको सहज उपभोग गर्न नपाउदा पानीको जोहोले सरसफाईमा चुनौती उत्तिकै छ । धारामा नुहाउन, लुगाकपडा धुन दिन भरी समय लाग्ने गरेको स्थानीयको गुनासो छ । साझँ विहान पानी बोकेको काम गरेको देख्छौ यो उनीहरुको रहर नभई बाध्यता हो, कक्षामा धेरै बालबालिका पानी बोक्नै परेको कारण पढ्न लेख्न नभ्याएको सुनाउछन् स्थानीय शिक्षक निश्चल खाम्चाले भने । घरका काम गर्न नदिनुस् पनि हामी भन्न सक्दैनौ खाम्चाले थपे–आफ्ना छोराछोरीले धेरै पढुन् जानुन् भन्ने चाहाना कसको आमाबुवालाई हुदैन र?
प्रत्येक घरका केटाकेटीको मुख्य काम नै पानी बोक्ने हो । शनिवार त घरमा पानी बोक्न र धारामा नुहाउन धुन पालो पर्खदापर्खदै दिन बित्ने गरेको छ । अहिले प्रदेश नम्बर ५ को सहयोगमा लिफ्टिङ खानेपानी योजनाको काम शुरु भएको छ । तर स्थानीयको दैनिकी झनै कष्टकर बनेको छ । यसबर्ष धारामा पानी छिटो सुक्यो सुख्खा हिउँद के गरि पानीको जोहो गरि काट्ने भन्ने चिन्ता उनीहरुमा छ । निर्माण शुरु योजना छिट्टै सकिएर पानीको समस्याबाट मुक्त हुने आशा मौलाधर बासीको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्