JanataToday.com

Advertisment

SKIP THIS

कांग्रेसको सम्मेलनका लागि बुटवलमा छलफल

कांग्रेसको सम्मेलनका लागि बुटवलमा छलफल

बुटवल । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको तयारी तिव्र पारिएको छ । चैत्र १६ र १७ गते तम्घासमा हुने ऐतिहासिक सम्मेलन सफल बनाउनका लागि कांग्रेस गुल्मीले प्रचार प्रसार तिब्र बनाएको छ ।

घरदैलदो, प्रर्चा पम्प्रेट वितरण, भेला तथा अन्तरक्रिया लगायतका कार्यक्रमहरु जिल्लाका सबै स्थानिय तहमा सम्पन्न भैसकेका छन् ।

त्यसैगरि जिल्ला भन्दा वाहिर रुपन्देहीको बुटवलमा पनि सम्मेलन सफल बनाउनका लागि भन्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुटवलको सिद्धवावा पार्टि प्यालेसमा मंगलबार भएको कार्यक्रम बोल्र्दै पार्टि सभापती भुवन श्रेष्ठले पार्टिको जिल्ला सम्मेलन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

उनले सम्मेलनले गुल्मी कांग्रेसलाई उर्जा प्रदान गर्नुका साथै संगठन निमार्णमा प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

बुटवल आसपासमा बस्ने गुल्मेली कांग्रेसहरुको सहभागिता रहेको कार्यक्रममा बुटवलवाट पनि सहभागिता जनाउने प्रतिवद्धता जनाएको कांग्रेसका युवा नेता छाया पोख्रेलले बताए । सो अवसरमा कांग्रेस नेता त्रैलोक्य प्रताप सेन, महेन्द्र भण्डारी, रिता सेन तेज वहादुर गौतम लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij