पूर्वराजा ज्ञानेन्द्रलाई महानगरको ७ लाख ९३ हजार जरिवाना

पूर्वराजा ज्ञानेन्द्रलाई महानगरको ७ लाख ९३ हजार जरिवाना

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

 

महानगरले शनिबार शाहको नाममा जरिवाना पत्र पठाइएको जानकारी दिएको हो । ‘महानगरपालिका वडा नम्बर ३२ तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले,’ महानगरले लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना बेहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसका साथै महानगरले सोही दिन तीनकुने क्षेत्रमै आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्ड तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना गराएको छ ।

यस्तै महानगरले बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले एक लाख, जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी गरेकोमा एक लाख रुपैयाँ जरिवाना गराएको छ । तीनकुनेमा जथाभावी फोहोरमैला गरेकोमा एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

‘तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट उक्त क्षेत्रको भवनमा आगजानी भएको खबर प्राप्त हुनासाथ महानगरको न्यूरोड बारुणयन्त्रको दकमलसहित अग्नि नियन्त्रक खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरूले दकमल,’ पत्रमा भनिएको छ, ‘अग्नि नियन्त्रकलाई ढुंगामुढा गरी दमकल फुटाएकोले क्षतिपूर्तिबापत एक लाख ३० हजार रुपैयाँ दाखिला हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

सोही कार्यक्रमबाट महादेवस्थान, कोटेश्वर क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा एक/एक लाख रुपैयाँ जरिवाना गराएको हो ।

यसैगरी महागनरले तीनकुनेको आन्दोलनको क्रममा निजी भवनमाथि भएको आगजानी र निजी सम्पत्तिमाथि भएको क्षति भने महानगरको क्षेत्राधिकारभित्र नरहेको समेत प्रस्ट पारेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij