पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि लामिछाने

पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा सभापति लामिछानेले सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहेको बताए । त्यसका लागि तयार रहन समेत पार्टी नेताहरूलाई रविले आग्रह गरेका छन् ।

‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु,’ लामिछानेले पार्टी बैठकमा भनेका छन्, ‘यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु ।’

साथै, उनले अरु दलमा अवसर नपाएर मात्रै रास्वपामा आउने यो पार्टी नभएको बताउँदै लामिछानेले देश बनाउने अभियान भएको बताए ।

‘यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्छ। तसर्थ अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक छ,’ उनले भनेका छन् ।

लामिछानेले पूर्व निर्धारित समयमा नै महाधिवशेन गर्ने गरी तयारी गर्न निर्देशन समेत दिएका छन् । रास्वपाले आगामी बैशाखको तेस्रो साता पहिलो महाधिवेशन गर्ने गरी समय तोकेको थियो ।

पार्टी बैठकमा लामिछानेले भने, ‘मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु ।’

 

 

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij