भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

भारतीय समकक्षी मोदीसँगको भेट सौहार्दपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताएका छन् ।

थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग शुक्रबार भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उनले बताएका छन् ।

‘हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ’, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।’

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij