अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ।
शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन्।
सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो।
ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन्।
यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भए पनि प्रदर्शन नै भएको पहिलो पटक हो।
ट्रम्पले लिएको आप्रवासी नीति, संघीय सहायता कटौती, छिमेकी मुलुक र अन्य राष्ट्रहरूसँगको व्यवहारलाई लिएर अमेरिकाभित्रै ट्रम्प विरोधी आवाज बढ्न थालेको छ।
डोज सिर्जना गरी सिनेटले अनुमोदन नगरेका मस्कलाई त्यसको प्रमुख बनाइएको र सरकारको नीति निर्माणमा खुलमखुल्ला खेल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ।
डोजले सरकारी खर्च कटौतीबारे ट्रम्पलाई सल्लाह दिन्छ। मस्ककै सल्लाहमा संघीय कर्मचारी कटौती गर्ने र युएसएआइडीका कार्यक्रम रद्द गरिएको थियो।
शनिबार प्रदर्शन गरेकाहरुले ुह्यान्ड्स अफु लेखिएको प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले मूलभुत रूपमा तीन माग राखेका छन्। अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी र अन्य समुदायमाथिको आक्रमण रोक्नुपर्ने उनीहरूको माग छ।
पछिल्लोपटक ट्रम्पले लगाएको पारस्परिक भन्सार ९रेसिप्रोकल०का कारण पनि उनको आलोचना भएको छ। पारस्परिक भन्सारले महँगी बढ्ने त्रास अमेरिकीहरूमा छ। ट्रम्पले केही समय गाह्रो भए पनि अमेरिकाले जित्ने दाबी गर्दै आएका छन्।
शनिबार अमेरिका बाहिर लन्डन र पेरिसमा पनि ट्रम्प विरूद्ध प्रदर्शन भएको बिबिसीले जनाएको छ।
शनिबार ट्रम्प विरूद्ध अमेरिकामा ६ लाख मानिसहरू सडकमा निस्किएका थिए।
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्