न्यूयोर्क , अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए ।
न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ । हेलिकप्टर दुर्घटनाको कारण खोजी हुँदै छ । आकाशबाट हेलिकप्टर हडसन नदीमा खसिरहेको दृश्य सार्वजनिक भएको छ । जर्ज वासिङ्टन पुलतर्फ हेलिकप्टर अगाडि बढिरहेको समयमा दुर्घटना भएको हो ।
त्यसको लगत्तै बचाउन प्रयास गरिए पनि त्यो प्रयास सफल भएको थिएन । चार जना घटना स्थलमा तथा दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्