बुटवल , बुटवल बहुमुखी क्याम्पसमा १५ दिन भित्रमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न अदालतले आदेश दिएको छ ।
विहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवल बहुमुखी क्याम्पसमा गत चैत ५ गते रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन १५ दिनभित्र गर्न उत्प्रेषणयुक्त परमादेश दिएको छ ।
न्यायाधिश नारायणप्रसाद पौडेल र तेजेन्द्रप्रसाद सापकोटा शर्माको संयुक्त इजलासले उक्त आदेश
जारी गरेको हो ।
बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी नविन खनालले निर्वाचनको माग गरी उच्च अदालतमा रिट दायर गरेका थिए । उनले बुटवल बहुमुखी क्याम्पसका प्रमुख लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्