सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण गर्ने

सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण गर्ने

काठमाण्डौ , थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप वितरण गर्ने भएको छ ।

भारत सरकारले बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि दिने भनिएको भ्याक्सिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभयो ।

थारु समुदायले वंशाणुगत रुपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसैवर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने निर्णय भइसकेको छ ।

त्यस्तै बिरामीका लागि निःशुल्क प्रतिरोधी औषधी उपलब्ध गराउने घोषणा गरेर सहयोगका लागि भारत सरकारसँग पहल भएको थियो ।

भारत सरकारले बिरामीहरुका लागि उपलब्ध हुने गरी विभिन्न प्रकारका चार लाख डलर मूल्य बराबरको खोप उपलब्ध गराएको हो ।

अब सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमार्फत खोप वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

थारु समुदायको बाहुल्यता रहेको कञ्चनपुर,कैलाली,बाँके, बर्दिया, तथा दाङका बिरामीलाई खोप वितरण गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका सिकलसेल एनिमिया तथा थालसिमिया थारु समुदायको वंशाणुगत समस्या रुपमा रहेको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij