काठमाडौं , प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि संघीय संसद सचिवालयले चारवटा सूची तय गरेको छ।
सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पहिलो सम्भावित कार्यसूची छ। यस्तै प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८० र २०८०र८१ पेश गर्नेछन्।
व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
उनले नै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची छ।
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्