बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास, साढे तीन वर्षमै चार लेनको सडक तयार हुने

बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यास, साढे तीन वर्षमै चार लेनको सडक तयार हुने

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताएका छन् । शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । उनले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने दावी गरे ।

उनले प्रतिपक्ष काँग्रेसलाई विकासको काम धमाधम भइरहका बेला कसैले घर बसेर गफ गरेर केही नहुने बताए । उनले भने, ‘हामी काम गरिरहेका छौ, अरुले घर बसेर गफ गरेका छन् । काम गरेपछि विकास हुन्छ, त्यो कसैले रोकेर रोकिदैन् ।’

प्रधानमन्त्रीले शिलान्यास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ ।

कार्यक्रममा नेकपा महासचिव बिष्णु पौडेलले समयमै काम सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको बताए । उनले निमार्ण कम्पनीलाई तोकिएकै समयमा काम सक्नेगरी काम गर्न आग्रह समेत गरे । राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए ।

बुटवलको नारायण सडकखण्डको इतिहास
पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने नारायाणगढ बुटवल सडकखण्ड बेलायत सरकारको सहयोगमा निमार्ण भएको हो । २०१८ सालमा राजाले महेन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनाउँदा भारत, रुस र बेलायतको सहयोग लिएका थिए ।

इन्जिनियर जयलाल मरासेनीका अनुसार राजा महेन्द्रका पालामा निमार्ण भएको नारायणगढ बुटवल सडक खण्ड बेलायत सरकारले निर्माण गरेको लामो समयसम्म पनि मर्मत उसैले गरेको थियो । त्यसवेला सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । हाल यस सडकलाई जंगल क्षेत्रममा ६ लेन र बस्तीमा ४ लेन बनाउन लागिएको छ । दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । पहिलो खण्ड नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो दाउन्ने बुटवल ४९ किलोमिटरमा सडकको स्तरोन्नति गरिने छ ।

नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाहले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा यो राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामाकारण गरिएको थियो । देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेद्र’ नाम हटाएर ‘पूर्व–पश्चिम’ राजमार्ग कायम गरिएको छ । अहिले सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ ।

सम्झौता अनुसार यो सडकको स्तरोन्नती २०८० साउन २२ गतेसम्म सकिसक्नुपर्ने छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएपनि विस्तारको औपचारिक काम चैत ८ बाट गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij