JanataToday.com

Advertisment

SKIP THIS

कोरियन भाषा परीक्षाका लागि युवाको तछाडमछाड, पहिलो दिन नै ५५ हजारभन्दा बढीले दिए आवेदन

कोरियन भाषा परीक्षाका लागि युवाको तछाडमछाड, पहिलो दिन नै ५५ हजारभन्दा बढीले दिए आवेदन

काठमाडौँ– कोरियन भाषा परीक्षाका लागि एकै दिन ५५ हजारभन्दा बढी आवेदन परेको छ। आवेदन खुल्ला गरेको पहिलो दिन शुक्रबार ५५ हजार ९४ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षाका लागि सबैभन्दा बढी गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। तर यो वर्ष त्यो भन्दा बढिले आवेदन दिने अनुमान गरिएको छ।

भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दिने म्याद रहेको छ। आगामी वर्षका नेपालीका लागि कोरियाले १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। यसमा कृषि तथा पशुपालनतर्फ ३ हजार र ७ हजार ५० जना उत्पादनमुलक क्षेत्रका लागि तोकिएको छ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको ९कमलादी कर्पोरेट शाखाबाहेक० जुनसुकै शाखा र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij