JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका १४ वटा अस्पताल विकास समिति विघटन

लुम्बिनी प्रदेशका १४ वटा अस्पताल विकास समिति विघटन

 

लुम्बिनी प्रदेश सरकारले आफु मातहत १४ वटै अस्पताल विकास समिति विघटन गरेको छ । वैशाख १६ गते बसेको

प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले २०८० कार्तिक ७ गते अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा अध्यक्ष नियुक्त गरेको थियो ।

तत्कालीन माओवादी समर्थनमा कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्षहरुविरुद्ध २०८० मंसिर पहिलो साता सर्वोच्चमा रिट परेको थियो । एमाले नेता लीला गिरी नेतृत्वको सरकारले गरेको नियुक्तिले २०८० वैशाख ३ गते नियुक्त भएकाहरुले आफूहरुमाथि अन्याय भएको भन्दै पछिल्लो नियुक्ति बदर गर्न माग गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपाने, प्युठान अस्पतालका अध्यक्ष विजयविराज विष्ट र रुकुम पूर्व अस्पतालका अध्यक्ष फत्तेकुमारी वलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले २०८० मंसिर १९ मा रिट माथि उत्प्रेषण परमादेश जारी गर्दै लुम्बिनी प्रदेश सरकारको कामु मुख्यमन्त्रीस्तरबाट २०८० कात्तिक ७ गते भएको मनोनयनको निर्णय कार्यान्वयन नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भन्ने आदेश गरेको थियो । आदेशपछि चार अस्पतालका अध्यक्षहरु काममा फर्केका थिए । प्रदेश सरकारले अदालतबाट पुनर्बहाली भएका ४ सहित अहिले १४ वटै अस्पतालका विकास समिति विघटन गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै जनाएकी छन् । मन्त्रालयले सोमबार नै अस्पतालहरुलाई पत्र पठाएर विकास समिति विघटन गरिएको जानकारी गराएको छ ।

सर्वोच्चबाट पुनर्बहाली भएका ४ बाहेक अन्य अस्पतालमा कांग्रेस माओवादी गठबन्धनकै अध्यक्षहरु बहाल रहेपछि सरकारले अहिले प्रदेश सभाको सामाजिक तथा पूर्वाधार समितिको समेत सिफारिसमा विकास समितिहरु विघटन गर्ने निर्णय गरेको हो । एमाले कांग्रेसको नयाँ गठबन्धन अनुसार अस्पताल व्यवस्थापन समितिहरु गठन गर्ने सरकारको तयारी छ ।

लुम्बिनीको बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल छन् । तीसहित अन्य १२ जिल्लामा जिल्ला अस्पताल छन् । सबै अस्पतालहरुका विकास समितिहरु एकै साथ विघटन गरिएको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए । सरकारले केही दिनभित्रै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij