नेकपा एमाले पर्वतमा नेता कार्यकर्ताबिच झडप

नेकपा एमाले पर्वतमा नेता कार्यकर्ताबिच झडप

पर्वत , नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा आज युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी नेकपा एमाले गण्डकी प्रदेशका सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल निर्जन र धुब्र श्रेष्ठ घाइते भएका छन् । निर्जनको टाउको फुटेको छ ।

पौडेलको शान्तिदिप अस्पताल पर्वतमा उपचार भइरहेको छ । पर्वतमा राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र पूर्व मन्त्री पदम गिरी गरी दुई गुट छन् ।

आज बुधबार एमाले पार्टी कार्यालयमा एउटा पक्षले युवा संघको अधिवेशन आयोजना गरेको थियो ।

एमाले स्रोतका अनुसार तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने र गिरी पक्षले आजै अधिवेशन गर्नुपर्ने भन्दै दुई पक्षबिच हानाहान भएको हो । गिरी पक्षले युवा संघको अध्यक्ष बिनोद थापा भएपनि उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव धुब्र श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सुरु गरेको थियो ।

तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रमस्थलमा पुगेपछि दुई पक्षबिच हानाहान भएको एक एमाले नेताले जानकारी दिए । ‘अध्यक्षकै अध्यक्षतामा अधिवेशन गर्ने वातावरण हुनुपथ्र्यो, त्यही माग लिएर एक पक्ष पुगेको थियो, उनीहरुको पहिला नै तयारी रहेछ, आक्रमणमा उत्रिनुभयो’ एमाले पर्वतका नेता शिव पौडेलले भने ।

 

पछिल्लो समयमा नेकपा एमाले पर्वतमा विवाद बाहिरै देखिने गरी छताछुल्ल हुन थालेको छ ।

यता नेकपा एमाले पर्वतका सचिव सुबासचन्द्र पौडेलले कार्यक्रममा सामान्य भनाभन भएपनि ठुलो घटना नभएको दाबी गरे । ‘सामान्य भनाभन मात्रै हो, अहिले कार्यक्रम पुनः सुचारु भइरहेको छ’ उनले भने । एमाले नेता शिव पौडेलले भने कार्यक्रम आज गर्नै नदिने बताए । ‘आजको अधिवेशन कुनै हालतमा हुन दिदैनौ’ उनले भने । अहिले पुन पार्टी कार्यालयमा झडपको स्थिति बनेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij