गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न सरकारले पहल बढाउनुपर्‍यो: सांसद आचार्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न सरकारले पहल बढाउनुपर्‍यो: सांसद आचार्य

 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनको लागि सरकारले पहल बढाउनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै आचार्यले विमानस्थललाई नियमित सञ्चालन गराउनको लागि पहल बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले विमानस्थल सञ्चालनको लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको बताउँदै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए । उनले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारीहरू स्थापना गरिनुपर्ने जिकिर गरे ।

उनले भने, “भैरहवा विमानस्थल सञ्चालनको लागि त्यहाँ अहिले व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । त्यसमा सरकारी पहल बढाउनुपर्‍यो । म्यानपावर कम्पनीले त्यहाँबाट सेवा दिनुपर्ने, स्वास्थ्य जाँच गर्ने कार्यालयको व्यवस्था गर्नुपर्ने, एयरपोर्टमा खास समयको लागि सरकारी सहुलियत उपलब्ध गराउनुपर्ने, भिसा सहजीकरण कार्यालय खोली काम सञ्चालन गरी व्यवसायीहरूको माग सम्बोधन गरियोस् ।”

उनले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेकोले त्यसको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वार्षिक डेढ लाख पर्यटक पर्यटक जाने तिलौराकोटमा व्यवस्था कमजोर भएको गुनासो गरे

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij