नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

 

 

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

“आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई २०८२ वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न हुन ह्विप जारी गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij