बारामा हावाहुरीका कारण कम्तीमा २४ को मृत्यु, २०० जनाभन्दा बढी घाइते

बारामा हावाहुरीका कारण कम्तीमा २४ को मृत्यु, २०० जनाभन्दा बढी घाइते

काठमाडौं – बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाहुरीका कारण कम्तिमा २४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २४ जनाको ज्यान गएको पुष्टि भएको र धेरै मानिस घाइते रहेको बताए । उनका अनुसार ठूलो संख्यामा हताहती भएको छ ।

भौतिक क्षति व्यापक भएको उनले बताए । जिल्लाका विभिन्न ठाउँमा उद्धारका लागि प्रहरीसहितको टोली खटिएको उनले बताए ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिरहेको र ज्यान गुमाउनेको पहिचान भएको डिएसपी शाहीले बताए । सुरुमा हल्का हवा र पानी आएकोमा केहीबेरमै हावाले भयानक रुप लिएको उनले बताए ।

विशेष गरी दुई नम्बर प्रदेशको बारा, पर्सालगायतका जिल्लामा हावा हुरीसँगै आएको पानीका कारण धनजनको क्षति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत जनाएका छन् ।

उनले राति १०ः४५ बजे ट्वीट गर्दै हावाहुरीका कारण २५ जनाको मृत्युभएको र चारसय जना घाइते भएको विवरण प्राप्त भएको जनाएका छन् । घटनामा मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले उद्दारमा सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिँदै घाइतेको उद्दारमा र उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र १७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij