१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

Created with GIMP

न्युजिल्यान्डले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्ताव अब न्युजिल्यान्ड सरकारको औपचारिक कार्यक्रमको हिस्सा भएको पुष्टि गर्नुभएको ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

 

सरकारको यो कदमले कानून बन्ने सम्भावनालाई बढाएको छ । यसका लागि शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले सरकारको प्रयासको नेतृत्व गर्ने प्रधानमन्त्री लक्सनले पत्रकार सम्मेलनमा बताउनुभयो । १६ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालको पहुँचबाट प्रतिबन्धित गर्नाले उनीहरूलाई धम्की, हानिकारक सामग्री र लतबाट जोगाउन मद्दत गर्ने उहाँको भनाइ छ ।

 

न्युजिल्यान्डको तीन दलीय गठबन्धन सरकारको नेतृत्व गर्ने नेशनल पार्टीले उमेर हदबन्दी लागू गर्ने उद्देश्यले सदस्य विधेयक पहिले नै पेश गरिसकेको छ । यो प्रस्तावले समर्थन पाएमा सन् २०२६ मा हुने आमचुनावअघि कानून लागू गर्न सकिने शिक्षामन्त्री स्ट्यानफोर्डले रेडियो न्युजिल्यान्डसँगको कुराकानीमा बताउनुभएको छ ।

 

यसअघि अस्ट्रेलियाले गएको वर्ष १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा खाता बनाउन प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो ।

 

बेलायत, ईयू राष्ट्र, क्यानडा र धेरै अमेरिकी राज्यहरूसहित अन्य देशहरूले पनि यस्तै उपायहरूको मूल्याङ्कन गरिरहेका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij