JanataToday.com

Advertisment

SKIP THIS

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

Created with GIMP

न्युजिल्यान्डले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट प्रतिबन्ध लगाउने प्रस्ताव अब न्युजिल्यान्ड सरकारको औपचारिक कार्यक्रमको हिस्सा भएको पुष्टि गर्नुभएको ब्लूमबर्गलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्डले लेखेको छ ।

 

सरकारको यो कदमले कानून बन्ने सम्भावनालाई बढाएको छ । यसका लागि शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले सरकारको प्रयासको नेतृत्व गर्ने प्रधानमन्त्री लक्सनले पत्रकार सम्मेलनमा बताउनुभयो । १६ वर्षमुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जालको पहुँचबाट प्रतिबन्धित गर्नाले उनीहरूलाई धम्की, हानिकारक सामग्री र लतबाट जोगाउन मद्दत गर्ने उहाँको भनाइ छ ।

 

न्युजिल्यान्डको तीन दलीय गठबन्धन सरकारको नेतृत्व गर्ने नेशनल पार्टीले उमेर हदबन्दी लागू गर्ने उद्देश्यले सदस्य विधेयक पहिले नै पेश गरिसकेको छ । यो प्रस्तावले समर्थन पाएमा सन् २०२६ मा हुने आमचुनावअघि कानून लागू गर्न सकिने शिक्षामन्त्री स्ट्यानफोर्डले रेडियो न्युजिल्यान्डसँगको कुराकानीमा बताउनुभएको छ ।

 

यसअघि अस्ट्रेलियाले गएको वर्ष १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा खाता बनाउन प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो ।

 

बेलायत, ईयू राष्ट्र, क्यानडा र धेरै अमेरिकी राज्यहरूसहित अन्य देशहरूले पनि यस्तै उपायहरूको मूल्याङ्कन गरिरहेका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij